बझाङको बित्थडचिर गाउँपालिका-२ मा एमालेका वडाध्यक्ष बोहरा निर्वाचित

३१ वैशाख, बझाङ । बझाङ बित्थडचिर गाउँपालिका- २ मा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । एकीकृत समाजवादी- माओवादी गठबन्धनका उम्मेदवार तारा बोहरालाई ५० मतले पराजित गर्दै एमालेका मानबहादुर बोहरा निर्वाचित भएका हुन् ।

मानबहादुरले ३१० मत प्राप्त गर्दा एकीकृत समाजवादीका तारा बोहराले २६० मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार गणेश बोहराले २५१ मत प्राप्त गरेका छन् ।

यस्तै उक्त वडाबाट पालिका अध्यक्षमा एमालेका लोकेन्द्र बोहराले ३६९ मत, कांग्रेसका अमर महरले ३०९ मत र एकीकृत समाजवादीका जय बोहराले १२६ मत प्राप्त गरेका छन् । उक्त वडामा जम्मा ८९३ मत खसेको थियो ।



from समाचार – Online Khabar https://ift.tt/X9cqZ1b

Post a Comment

0 Comments