सर्लाहीको कौडेना र चक्रघट्टामा हवाइ फायर

३० वैशाख, काठमाडौं । सर्लाहीको कौडेना गाउँपालिका र चक्रघट्टा गाउँपालिकामा प्रहरीले हवाइ फायर गरेको छ ।

मतपेटिका संकलन गरेर निर्वाचन अधिकृतकाे कार्यालयमा पुर्‍याएपछि राजनीतिक दलका कार्यकर्ताले ढुंगामुढा भएपछि काैडेना गाउँपालिका कार्यालयमा सुरक्षाकर्मीले हवाइ फायर गरेका हुन् ।

त्यस्तै चक्रघट्टा गाउँपालिका-१ शिवनगरमा पनि मतपेटिका उठाएर लैजाने बेलामा ढुंगामुढा भएपछि सुरक्षाकर्मीले हवाइ फायर गरेका छन् । दुवै ठाउँमा दर्जनाैं राउण्ड हवाइ फायर भएकाे स्थानीय बासिन्दाले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पाेखरेलले काैडेना र चक्रघट्टामा स्थिति नियन्त्रण बाहिर गएपछि हवाइ फायर गर्नुपरेकाे जानकारी दिए । उनले जिल्लाभर मतदान सम्पन्न भएकाे र अहिले मतपेटिका संकलन गरेर मतगणना स्थलसम्म पुर्‍याउने काम भइरहेकाे प्रहरी उपरीक्षक पाेखरेलले बताए ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर देवकाेटाले १७ वटा स्थानीय तहकाे मतपेटिका निर्वाचन अधिकृतकाे कार्यालयमा ल्याइसकिएकाे र ३ वटा स्थानीय तहकाे मतपेटिका ल्याउने क्रममा रहेकाे जानकारी दिए ।



from समाचार – Online Khabar https://ift.tt/JEx5eRZ

Post a Comment

0 Comments