नर्विच चार खेल अगावै रेलिगेसनमा

१८ वैशाख, काठमाडौं । नर्विच सिटी प्रिमियर लिग फुटबलबाट यस सिजन रेलिगेसनमा पर्ने पहिलो टिम बनेको छ । शनिबार राति भएको खेलमा एस्टनभिल्लासँग २-० ले पराजित भएपछि नर्विच चार खेल अगावै रेलिगेसनमा परेको हो ।

रेलिगेसनमा परको नर्विचले आगामी सिजन दोस्रो श्रेणीको क्लब प्रतियोगिता च्याम्पियनसिप खेल्नेछ ।

पराजित नर्विचको ३४ खेलबाट २१ अंक छ र अन्तिम स्थानमा छ । अब नर्विचले बाँकी चार खेल जितेपनि ३३ अंक मात्र हुनेछ र यो रेलिगेसन टार्न पर्याप्त हुने छैन । प्रिमियर लिगमा अन्तिम तीन स्थानमा रहने टिम रेलिगेसनमा पर्नेछन् ।

एस्टनभिल्लाका लागि ओली वाट्कीन्सले ४१औं र ड्यानी इंग्सले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरे । जितपछि एस्टनभिलल् भने ४० अंक जोड्दै १३औं स्थानमा उक्लिएको छ ।

यस्तै अर्को खेलमा वाटफोर्ड २-१ को पुनरागमन जितपछि बर्नली ३४ अंक जोडेर १६औं स्थानमा उक्लेको छ र रेलिगेसनबाट बच्ने सम्भावना बलियो बनाएको छ । हारपछि वाटफोर्ड भने २२ अंकसहित १९औं स्थानमै छ र रेलिगेसनमा पर्ने सम्भावना बढेको छ ।



from समाचार – Online Khabar https://ift.tt/ZOR6KzW

Post a Comment

0 Comments