कैलालीको लम्कीचुहामा मेयर र उपमेयर दुवै पदमा महिला विजयी

७ जेठ, धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका महिला उम्मेदवारहरु विजयी भएका छन् ।

मेयरमा नेपाली कांग्रेसकी सुशीला शाही र उपमेयरमा एमालेकी जुना चौधरी विजयी भएका हुन् ।

कांग्रेसकी शाहीले १२ हजार ७१३ मत प्राप्त गरी मेयर पद जित्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महादेव बजगाईले १० हजार ४३५ मत मात्रै पाए ।

उपमेयरमा एमालेकी जुना चौधरी ११ हजार ७८ मत प्राप्त गर्दै विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी जानकीकुमारी सिंहले ८ हजार ३०८ मत पाइन् ।



from समाचार – Online Khabar https://ift.tt/mZU3vVa

Post a Comment

0 Comments