आईपीएल क्रिकेटमा बैंगलोर १८ रनले विजयी

७ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले लखनउ सुपर जाइन्ट्सलाई १८ रनले पराजित गरेको छ । बैंगलोरको यस जितमा कप्तान फाप डु प्लेसीको ९६ रनको योगदान महत्वपूर्ण रह्यो ।

टस हारेर पहिले ब्याटिङ थालेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएको थियो । बैंगलोरको सुरुवात राम्रो थिएन । उसले पहिलो ओभरमै दुई विकेट गुमाएको थियो । विराट कोहली खाता नै नखोली आउट भएका थिए ।

तर फाप डु प्लेसीले कप्तानी पारी सम्हाले । ६४ बल सामना गरेका उनले ११ चौका र २ छक्काको मद्दतमा ९६ रन बनाए ।

यसैगरी ग्लेन म्याक्सवेलले २३ र शहबाज अहमदले २६ रन योगदान गरे । दिनेश कार्तिक १३ रनमा नटआउट रहे ।

१८२ रनको विजय लक्ष्य पछ्याएको लखनउले ं८ विकेटको क्षतिमा १६३ रन मात्र बनाउन सक्यो । लखनउका लागि क्रुणाल पाण्डेयले ४२ र लोकेश राहुलले ३० रन बनाए ।

बलिङतर्फ बैंगलोरका लागि जोश हेजलवुडले २५ रन खर्चिएर चार विकेट लिए ।



from समाचार – Online Khabar https://ift.tt/M5b9Eeu

Post a Comment

0 Comments