महानगरका मेयर उम्मेदवारबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै  

३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारबारे छलफल गर्न बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

सत्तारुढ गठबन्धनमा महानगरपालिका र नगरपालिकाकाको भागवण्डाबारे अझै सहमति भएको छैन । यसबारे केन्द्रीय संयन्त्रले नै टुंगो गर्ने सहमति भएको छ तर ६ वटै महानगरपालिकामा मेयर नछाड्न कांग्रेस नेतृत्वमाथि तल्लो कमिटीहरूबाट चर्को दबाब छ ।



from समाचार – Online Khabar https://ift.tt/BP9ERpM

Post a Comment

0 Comments