मोदीले राखिदिए डब्ल्यूएचओका महानिर्देशक गेब्रेयसको नयाँ नाम

८ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससको नयाँ नाम राखिदिएका छन् । भारत भ्रमणमा रहेका बेला मोदीले गेब्रेयससनको नाम ‘तुलसी भाइ’ राखिदिएका हुन् ।

गेब्रेयसस भारत गुजरातको गान्धीनगरमा आयुष निवेश तथा इनोभेसन सम्मेलनमा सहभागी हुने क्रममा हाल भारतमा छन् । सोही सम्मेलनलाई भारतका प्रधाननमन्त्री मोदीले पनि सम्बोधन गरे ।

आफ्नो सम्बोधनको क्रममा मोदीले भने, ‘म आज महात्मा गान्धीको यस पवित्र भूमिमा मेरा परमित्रलाई गुजराती हुनुको नाताले तुलसी भाइ नाम राखिदिन्छु ।’ गेब्रेयससले गुजराती नाम राखिदिन आग्रह गरेकाले आफूले यो नाम दिएको मोदीले बताए ।


आफूसँगको भेटमा डब्ल्यूएचओका महानिर्देशक गेब्रेयससले आफू सानो छँदा भारतका शिक्षकहरुले पढाएको र आफू यो स्थानसम्म आइपुग्नुमा भारतका शिक्षकहरुको ठूलो भूमिका रहेको बताउने गरेको मोदीले जानकारी दिए ।

भारत भ्रमण पूरा गरी डब्ल्यूएचओका महानिर्देशक गेब्रेयसस नेतृत्वको टोली नेपालको तीन दिने भ्रमणका लागि आज मध्याह्न काठमाडौं आउँदै छ ।



from समाचार – Online Khabar https://ift.tt/JSvF0Y2

Post a Comment

0 Comments