महानगरका उम्मेदवारबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

१० वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । शुक्रबारका लागि तय गरिएको बैठक एक दिनपछि आज बस्न लागेको हो ।

बैठक आज बिहान ११ बजे बस्ने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । शुक्रबार पदाधिकारीको बैठक लम्बिएपछि कार्यसम्पादनक समितिको बैठक स्थगित भएको थियो ।

आजको बैठकमा महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारबारे छलफल हुनेछ ।

 



from समाचार – Online Khabar https://ift.tt/Nq0enQK

Post a Comment

0 Comments