कांग्रेस प्रदेश संसदीय समितिको अधिकार खोसियो

३० चैत, काठमाडौं । नेपाली कांग्रेसको प्रदेश कार्यसमितिको अधिकार सत्ता गठबन्धनले खोसेको छ ।

कांग्रेसको विधान अनुसार उपमहानगरपालिकाको प्रमुख र उप प्रमुखको उम्मेदवार तय गर्ने अधिकार प्रदेश संसदीय बोर्डलाई छ । नगरपालिकाको प्रमुख र उपप्रमुखको टिकट बाँड्ने अधिकार पनि प्रदेश संसदीय समितिलाई छ । नगरपालिकाको प्रमुख र उपप्रमुखको चयन गर्ने अधिकार भने खोसिएको छैन ।

मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले उपमहानगरको उम्मेदवार चयन गर्ने प्रदेश समितिको अधिकार खोसेको हो ।

प्रधानमन्त्री शेरबहादुर निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठक पछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुुर कार्कीले महानगरपालिका उपमहानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवारको गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने निर्णय गरेको जानकारी दिए ।

कांग्रेस विधानमा केन्द्रीय संसदीय समितिलाई महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखको मात्रै टिकट बाँड्ने अधिकार छ । विधान अनुसार पार्टीको केन्द्रीय संसदीय समितिले छ महानगरका प्रमुख र उपप्रमुखका १२ उम्मेदवार चयन गर्न पाउने व्यवस्था छ ।

मंगलबार बसेको शीर्ष तहको बैठकले उपमहानगरका थप २२ पदको उम्मेदवार टुंगो लगाउने निर्णय गरेको छ । ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको निर्णय पनि केन्द्रले गर्नेछ ।

प्रदेश संसदीय दलको अधिकार खोसिए मान्य नहुने लुम्बिनी प्रदेशका कांग्रेस सभापति अमरसिंह पुनले बताए । ‘उप महानगरको प्रमुख र उप प्रमुखको टिकट बाँड्ने प्रदेश संसदीय समितिले हो । त्यस्तो गलत निर्णय गरेको भए गठबन्धनलेे क्षति बेर्होला नि ‘ पुनले भने,’प्रदेशसँग समन्वय नगरि केन्द्रले तोकेर मानिँदैन । लुम्बिनीमा चारवटा उपमहानगरपालिका छन् । प्रदेशको कुरा सुनिएन भने गठबन्धनको राम्रो मत आउँदैन ।’

अघिल्लो निर्वाचनमा विजयी भएका तर हाल एकीकृत समाजवादीमा रहेका जनप्रतिनिधिलाई उम्मेदवार बन्ने बाटो बैठकले खुलाइदिएको छ । ‘२०७४ सालको स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा विजयी र हाल एकीकृत समाजवादीमा रहेकालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।’ बैठकपछि सरकारका प्रवक्ता कार्कीले भने ।



from समाचार – Online Khabar https://ift.tt/1Zm9LQ6

Post a Comment

0 Comments