१४ चैत, काठमाडौं । क्यानडा ३६ वर्षपछि फिफा विश्वकपका लागि छनोट भएको छ ।
मध्य तथा उत्तर अमेरिकी छनोटअन्तर्गत आइतबार राति जमैकामाथि ४-० काे जितसँगै क्यानडा सन् १९८६ पछि पहिलोपल्ट विश्वकप खेल्न लागेको हो ।
मेक्सिकोमा आयाेजित साे विश्वकपमा क्यानडा जितविहीन हुँदै समूहचरण बाटै बाहिरिएको थियो ।
केल लरिन र टाजाेन बुचाननले गाेल गरेपछि पहिलाे हाफमा क्यानडाले अग्रता बनाएकाे थियाे । दाेस्राे हाफमा जुनियर हाेलेटले गाेल गर्दा जमैकाका एड्रियन मारियाप्पाले आत्मघाती गाेल गरेका थिए ।
इतिहासमै दाेस्राेपल्ट विश्वकपमा छानिएपछि टाेरन्टाेस्थित बीएमओ फिल्ड रंगशालामा भरिभराउ घरेलु समर्थकले ठूलो खुसियाली मनाएका थिए ।
मध्य तथा उत्तर अमेरिकी छनोटअन्तर्गत फाइनल चरणमा ८ टाेलीकाे सहभागिता छ । अन्तिम चरणको खेल अगाडि क्यानडाले आफ्नाे स्थान सुरक्षित गर्दा सिधा छनोट हुने दुई स्थानका लागि मेक्सिको, अमेरिका, कोस्टारिकाबीच प्रतिस्पर्धा छ । अन्तिम चरणमा कोस्टारिका र अमेरिका तथा मेक्सिको र एल साल्भाडोरबीच प्रतिस्पर्धा हुँदैछ ।
छनोट प्रतियोगिताको शीर्ष ३ टोली कतारमा आगामी नोभेम्बर डिसेम्बरमा हुने फिफा विश्वकप खेल्नेछन् । चौथो स्थानमा रहने टिमले अन्तरमहादेशीय प्लेअफ खेल्नेछन् ।
from समाचार – Online Khabar https://ift.tt/lXLeU6z
0 Comments
if you have any doubts, please let us know.