‘पहिले मलखाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरधाममा प्रदर्शन

१२ माघ, जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले आज बिहान मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

राष्ट्रिय सभा निर्वाचनको मतदानको तयारी भइरहेको बेला उनीहरुले रामानन्द चोक र भानु चोकमा केहीबेर प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘पहिले मलखाद देऊ, अनि भोट खसाऊ’ भन्दै नारा लगाएका थिए । उनीहरुले ‘स्थानीय निर्वाचन नभई राष्ट्रिय सभा निर्वाचन किन !’ लेखिएको प्लेकार्ड पनि बोकेका थिए ।

धनुषाका प्रहरी प्रमुख एसपी बसन्त रजौरेका अनुसार प्रहरी देखेपछि उनीहरु भागेका थिए । उनका अनुसार सडकमा कुनै पनि प्रकारको अवरोध छैन । प्रदर्शन गर्नेहरु पनि सडकमा छैनन् ।

सिके राउतका नेता/कार्यकर्ताहरुले किसानका मुद्दा उठाउँदै जिल्लामा गतिविधि गर्दै आएका छन् । त्यही क्रममा आज बिहान सडकमा टायर बालेर केहीबेर उनीहरुले प्रदर्शन गरेका हुन् ।



from समाचार – Online Khabar https://ift.tt/3tYTWgR

Post a Comment

0 Comments