२३ पुस, भक्तपुर । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले पदबहादली गरेका छन् ।
बिहीबार युवा तथा खेलकुद मन्त्री महेश्वरराज गहतराजबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै उनले सानोठिमीस्थित परिषदको कार्यालयमा पुगेर पदबहाली गरेका हुन् ।
सो अवसरमा उपाध्यक्ष बस्नेतले मुलुकको कूल जनसंख्याको ४० प्रतिशत हिस्सा ओगट्ने युवा समुदायको विकास र सशक्तीकरणमा जोड दिने बताए ।
बस्नेतलाई बुधबारको मन्त्रिपरिषद बैठकले राष्ट्रिय युवा परिषद ऐन,२०७२ वमोजिम कार्यकारी उपाध्यक्ष पदमा नियुक्त गरेको थियो ।
from समाचार – Online Khabar https://ift.tt/3F1Np78
0 Comments
if you have any doubts, please let us know.