आफैं चढेको बसको ठक्करले वृद्धाको मृत्यु

२९ मंसिर, जनकपुरधाम । जनकपुरधाममा बसबाट ओर्लिएलगत्तै एक बृद्धाको सोही बसले किचिएर बुधबार बिहान मृत्यु भएको छ ।

महोत्तरी सदरमुकाम जलेश्वरबाट आएको ना ३ ख २६१० नम्बरको बसले ठक्कर दिँदा ७० बर्षीया शैलकुमरी देवीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सोही बसमा चढेर जनकपुरधाम आएकी हुन् ।

महोत्तरी गाउँपालिका- १ पर्साकी शैलकुमारी बसपार्कमा बस रोकिएपछि ओर्लेकी थिइन् । ओर्लेलगत्तै बस अगाडि बढाउँदा उनलाई ठक्कर दिएको थियो धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

दुर्घटनापछि बस र बसका चालक जनकपुरधामका फिरोज नदाफलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



from समाचार – Online Khabar https://ift.tt/3GHe7D6

Post a Comment

0 Comments