१९ मंसिर, काठमाडौं । साताको पहिलो दिन शेयर बजार खुल्ने बित्तिकै उच्च अकंको गिरावट देखिएको छ । बजार खुलेको १ घण्टा ४० मिनेटमा बजार परिसूचक नेप्से ६५.३२ अंकले घटेको छ । दोस्रो बजारमा २२२ कम्पनीको शेयर आइतबार कारोबारमा आएका छन् ।
जसमध्ये १७९ कम्पनीको शेयर मूल्य घट्दा ७ कम्पनीको शेयर मूल्य मात्रै बढेको छ । यस्तै २ कम्पनीको शेयर मूल्य स्थिर छ । यो समाचार तयार पार्दासम कारोबारमा आएका १२ मध्ये सबै उपसमूह राताम्मे भएका छन् । यसमा पनि जीवन बिमा र निर्जिवन बिमा उपसमूहमा उच्च अकंको गिरवट देखिएको छ ।
ङ्यादी हाइड्रो पावर, बोटलर्स नेपाल तराई, र एनआइसी एशिया ब्यालेन्स फण्डको शेयर मूल्य बढेका छन् भने सिभिल लघुवित्तको शेयर मूल्यमा उच्च गिरावट देखिएको छ । यस्तै सबैको र ग्लोबल आईएमई लघुवित्त र सिन्त्रु बिकास बैंकको शेयर पनि घटेका छन् ।
from समाचार – Online Khabar https://ift.tt/2ZTVr3d
0 Comments
if you have any doubts, please let us know.