झापामा युवकको हत्या

१ पुस, दमक । झापाको दमक बजारमा बुधबार राति ७ बजेतिर एक युवकको हत्या भएको छ । दमक नगरपालिका–६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक (प्रनाउ) नवराज कार्कीले जानकारी दिए ।

गम्भीर घाइते भएका पराजुलीलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकामा तत्कालै मृत्यु भएको प्रनाउ कार्कीले बताए ।

घटनामा संलग्न कोही पनि तत्काल पक्राउ परेका छैनन् । प्रहरीले सो घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।



from समाचार – Online Khabar https://ift.tt/32c706U

Post a Comment

0 Comments