निर्माण व्यवसायी संघ गोरखाको अध्यक्षमा भण्डारी निर्वाचित

८ पुस, गोरखा । निर्माण व्यवसायी संघ गोरखाको अध्यक्षमा सूर्य भण्डारी निर्वाचित भएका छन् । संघको दशौ अधिवेशन अन्तरगत बुधवार भएको निर्वाचचनमा प्रत्यासी उम्मेदवार होमबहादुर बानियाँलाई ३६ मतले पछि पार्दै भण्डारी विजयी भएका हुन् ।

भण्डारीले १३४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । उनका प्रत्यासी उम्मेदवार बानियाँले भने ९८ मत प्राप्त गरेका छन् । अध्यक्ष पदका लागि दुवैले प्यानलसहित उम्मेदवारी दर्ता गराएका थिए ।

माओवादी केन्द्र निकट भण्डारीलाई एमाले र जनता समाजवादी पार्टीको समर्थन थियो भने कांग्रेस निकट बानियाँलाई राप्रपाको समर्थन थियो ।

सदस्यहरुमा भोलाप्रसाद मरहट्टा, राजुबाबु लामिछाने, किरणबाबु श्रेष्ठ, सविन बस्नेत, देवराज गुरुङ, सुरेन्द्र बस्नेत, दिनेश तमू, विनोद खनाल, दलमान गुरुङ, ताराबहादुर खड्का र दीपक थापा निर्वाचित भएका छन् । ११ सदस्यका लागि २३ जनाको उम्मेदवारी परेको थियो ।



from समाचार – Online Khabar https://ift.tt/3ekoFMd

Post a Comment

0 Comments