कैलालीमा बस र जिप ठोक्किदा २६ जना घाइते

२९ मंसिर, धनगढी । कैलालीमा बस र जीप एकआपसमा ठोक्किदा कम्तीमा २६ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका-३ को गोराङ्गेमा काठमाण्डौँबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र. ००२–००१ ख १०८४ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको से १ च १५९३ नम्बरको जीप एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले दुर्घटनामा परेर जीपमा सवार चालकसहितका ३ जना र बसमा सवार २३ जना गरेर २६जना घाइते भएको जानकारी दिए। उनीहरुको अवस्था खतरामुक्त रहेको छ भने लम्कीकै स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बसमा ३८ जना र जीपमा तीन जना गरेर ४१ जना सवार रहेका थिए। अन्य यात्रुहरु सकुशल छन् । दुर्घटनापछि केही बेर अवरुद्ध बनेको राजमार्ग अहिले सुचारु भइसकेको प्रहरीले जनाएको छ।



from समाचार – Online Khabar https://ift.tt/3EZNatM

Post a Comment

0 Comments