कैलालीमा रावलको अध्यक्षता एकीकृत समाजवादीको २०१ सदस्यीय कमिटी चयन

४ पुस, धनगढी  । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी  कैलालीले जिल्ला कमिटी विस्तार गरेको छ ।

शनिबार धनगढीमा सम्पन्न भएको जिल्ला भेलाबाट भैरवबहादुर रावलको अध्यक्षतामा २०१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको हो ।

जिल्ला कमिटीको वरिष्ठ उपाध्यक्षमा विमलकुमार जोशी, उपाध्यक्ष रतना कडायत, सचिव खडक रावत तथा उपसचिवमा वखत विष्ट, दीर्घ जोशी र प्रेमलाल चौधरी सर्वसम्मत चयन भएका छन् ।

जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई शनिबार नै केन्द्रीय उपमहासचिव विजयकुमार पौडेलबाट शपथ ग्रहण गराइएको थियो ।



from समाचार – Online Khabar https://ift.tt/3q1X1cs

Post a Comment

0 Comments