प्रदेश सदस्य घोषणा गरेर सकियो माओवादीको सुदूरपश्चिम सम्मेलन

२९ मंसिर, धनगढी । नेकपा (माओवादी केन्द्र) सुुदूूरपश्चिमको प्रथम प्रदेश सम्मेलन प्रदेश कमिटीका सदस्यहरू घोषणा गरेर सम्पन्न भएको छ ।

निर्धारित समयभन्दा तीन दिन ढिलो मंगलबार राति २२३ सदस्यीय प्रदेश कमिटी घोषणा गर्दै सम्मेलन सकिएको हो ।

सम्मेलनबाट सबै जिल्लाबाट प्रदेश सदस्यहरू छानेर सदस्यहरू घोषणा गरिए पनि कतिपय स्थानीय तहमा अझै सहमति हुन सकेको छैन । सहमति हुन नसकेको ठाउँको हकमा पछि मनोनित गर्ने गरी कमिटी घोषणा गरिएको माओवादी केन्द्र सुदूरपश्चिमका निवर्तमान सचिव नेपबहादुर चौधरीले जानकारी दिए ।

माओवादीले प्रदेश सदस्यहरूको घोषणा गरे पनि पदाधिकारीमा सहमति जुटन नसक्दा चयन गर्न सकेको छैन । घोषित प्रदेश सदस्यबाटै अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षसहितका ९ जना पदाधिकारी चयन गर्ने चौधरीले बताए ।

माओवादी केन्द्र सुदूरपश्चिमको अध्यक्षका लागि निवर्तमान अध्यक्ष शरदसिंह भण्डारी, नरेन्द्र  कुँवर, सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुुर धामी, प्रदेश सभा सदस्य वीरमान चौधरी, प्रदेश सचिव नेपबहादुर चौधरी, राष्ट्रिय सभा सदस्य हरिप्रसाद चौधरी र हरि ज्ञवालीलगायतका नेता आकांक्षी छन् ।

आकांक्षीबीच सहमति नजुुटेको खण्डमा निर्वाचन प्रक्रियामा जाने बताएको माओवादी केन्द्रले अन्ततः सदस्यहरूको घोषणा गरेर सम्मेलन सम्पन्न गरेको हो ।



from समाचार – Online Khabar https://ift.tt/3yp3amR

Post a Comment

0 Comments