२९ मंसिर, काठमाडौं । प्रदेश २ को प्रदेश सभा बैठक आज बस्दै छ । प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।
बैठकमा प्रदेशको नामकरण र राजधानीको प्रस्ताव टेबल हुने सम्भावित कार्यसूची छ ।
प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेस हुने र केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची रहेको जानकारी दिएका हुन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन लम्बिएका कारण कांग्रेसका प्रदेशसभा सदस्य महाधिवेशनका क्रममा काठमाडौंमै रहेकाले बैठक औपचारिकतामा मात्र सीमित हुने सम्भावना पनि छ ।
from समाचार – Online Khabar https://ift.tt/3ITuUEM
0 Comments
if you have any doubts, please let us know.