कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

६ पुस, काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद भवनको शंकर हलमा जारी बैठकमा आज दिउँसो १ बजे बस्ने संसद बैठकका कार्यसूचीबारे छलफल भइरहेको छ ।

बैठकमा नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई र कृष्णभक्त पोखरेल सहभागी छन् ।

एमालेले संसद बैठकमा विरोध जनाउँदै आए पनि कार्यव्यवस्था परामर्श समितिको बैठकमा भने सहभागिता जनाउँदै आएको छ ।

यसैबीच प्रमुख प्रतिपक्षी दल एमालेले मंगलबारको बैठकमा पनि विरोधलाई जारी राख्ने जनाएको छ । प्रमुख सचेतक भट्टराईले विरोधको कार्यक्रमलाई निरन्तरता दिने अनलाइनखबरलाई बताए ।



from समाचार – Online Khabar https://ift.tt/30MNxcz

Post a Comment

0 Comments