ओलीको निर्देशन : सके बिर्स, नसके क्षमा गर

१४ मंसिर, काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने गरी कार्यकर्ता एकीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

मंगलबार चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई मंगलबार सम्बोधन गर्दै ओलीले अब ३ महिना मात्र समय भएकाले उत्साहका साथ काममा फर्किनुपर्ने बताए ।

अब अरु पार्टीबाट धेरैभन्दा धेरै कार्यकर्ता भित्र्याउने अभियान चलाउनुपर्ने भन्दै ओलीले भने, ‘हामी सरकार बनाउने गरी जानुपर्छ, ५५ प्रतिशत पपुलर मत ल्याउन सकिन्छ । दुनियाँमा अनेकले सकेका छन् । हामी पनि भोट ल्याउन जनतामा जानुपर्छ ।’

उनका अनुसार मंसिर २५ र २६ गते बोलाइएको केन्द्रीय कमिटी बैठकले यसको ठोस कार्यक्रम बनाउने छ ।

अध्यक्ष ओलीले आपसमा भएका अन्तरविरोधहरुलाई हल गर्नुपर्नेमा समेत जोड दिएका छन् । ‘एउटाले अर्कोलाई नसहने प्रवृत्तिले कहाँ पुर्‍याउँछ ? भन्दै उनले भने, ‘कोट्याएर खाटा उप्काउन जरुरी छैन । आफ्नो साथीहरु हुन्, सके बिर्स, नसके क्षमा गर । पार्टीलाई एकताबद्ध बनाएर अगाडि जानुपर्छ ।’



from समाचार – Online Khabar https://ift.tt/32BB8si

Post a Comment

0 Comments