आहा ! बकुल्ला

२७ कात्तिक, काठमाडौं । यो हप्ता चितवनको कल्याणपुर क्षेत्रमा बकुल्ला चराको स-सानो झुण्ड देखियो । दिउँसोको समयमा सिमसार क्षेत्रमा पानीमा पौडी खेल्ने र किरा फट्याङ्ग्रा यो चरा चरिरहेको गाईहरुसँगै देखिन्छ ।

घरेलु तथा जंगली चर्ने जनावरहरुको वरिपरी रमाउने यो चराले ती जनावर छेउछाउका किरा फट्याङग्रालाई मुख्य आहारा बनाउँछ । साथै मानव बस्ती नजिकका सिमसार क्षेत्र तथा हिलो जमिनमा बकुल्लाहरु धेरै भेटिन्छ ।

ससानो झुण्डमा बस्न रुचाउने यो चराको रातो ठुँड र सेतो रंगको हुन्छ । बकुल्ला ४५ देखि ५५ सेन्टिमिटर लामो र यसका तौल २७० देखि ५१२ ग्रामसम्मको हुन्छ ।

हेर्नुहोस् तस्वीरहरु



from समाचार – Online Khabar https://ift.tt/3oqxGIn

Post a Comment

0 Comments