पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै बुटवलमा प्रदर्शन

२५ कात्तिक, बुटवल । नेपाल आयल निगमले बिहीबार रातिदेखि इन्धनमा गरेको मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीले बुटवलमा प्रदर्शन र चक्काजाम गरेका छन् ।

एमाले निकट अनेरास्ववियूको नेतृत्वमा विद्यार्थीहरूले मूल्यवृद्धि फिर्ता गर्न मागसहित विद्यार्थी शुक्रबार बिहानै सडकमा उत्रिएका हुन् ।

निगमले डिजेल, पेट्रोल र मट्टीतेलको भाउ प्रतिलिटर तीन रुपैयाँ र एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर ७५ रुपैयाँले बढाएको छ ।

इन्धनको मूल्य बढाएर सरकारले जनताको ढाड सेक्ने काम गरेकोले सरकारलाई मूल्यवृद्धि फिर्ताको लागि दबाब दिन बिहान ९ बजेदेखि राजमार्ग बन्द गरेको अनेरास्ववियू रुपन्देहीका सचिव प्रकाश पराजुलीले बताए ।



from समाचार – Online Khabar https://ift.tt/3wyeITG

Post a Comment

0 Comments