थारु आयोगको वेबसाइट ह्याक

१९ कात्तिक, काठमाडौं । थारू आयोगको वेबसाइट ह्‍याक भएको छ । ह्याकरले आयोगको वेबसाइटको ब्‍यानरमा राखिएको स्मारिका प्रकाशनसम्बन्धी सूचनामा क्लिक गर्दा अश्लील वेबसाइट खुल्ने गरी लिंक राखेको छ ।

थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले वेबसाइट ह्याक भएको र राष्ट्रिय सूचना प्रविधि केन्द्र (जीआईडीसी) सँग रिकभर गर्न भनिसकेको बताए ।

उनले भने, ‘ थारु आयोगको वेबसाइटमा समस्‍या आएकोले मलाई धेरै फोन आइसकेको छ । मैले राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई पटक-पटक भनिसकेको छु । चाँडै रिकभर गर्नेछौं ।’ उनले वेवसाइट ह्याक हुन नदिन कार्यालयमै प्राविधिक कर्मचारी राख्ने बताए ।

पछिल्लो समय सरकारी वेबसाइटहरु राष्ट्रिय सूचना प्रविधि केन्द्र (जीआईडीसी)ले बनाउँदै आएको छ ।



from समाचार – Online Khabar https://ift.tt/3bLg3wR

Post a Comment

0 Comments