विराटनगरमा खोला किनारमा युवकको शव भेटियो

२० कात्तिक, काठमाडौं । विराटनगरमा एक जना युवकको शव फेला परेको छ । विराटनगर महानगरपालिका-१६ स्थित दरैया मुसहरी वस्ती नजिक खदम खोला किनारमा करिब २५/२६ वर्षका युवकको शव फेला परेको हो ।

कालो रंगको टि-सर्ट र कालै रंगको ट्राउजर लगाएको, गोरो अनुहार, कालो कपाल, पाँच फिट चार इन्च उचाइ,  घाटीमा गणेशको टाउको भएको खैरो रंगको माला लगाएको र बायाँ कानमा पहेँलो धातुको कुन्डल लगाएका व्यक्तिको शव भेटिएको प्रहरीले जनाएको छ ।

शवको पहिचान नभएकोले आफन्तलाई सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरको शव गृहमा राखिएको छ ।



from समाचार – Online Khabar https://ift.tt/3mNu4Ar

Post a Comment

0 Comments