२० कात्तिक, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले पूर्वखेलाडी जाभी हर्नान्डेजलाई क्लबको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
बार्सिलोनाले यस सिजनको बाँकी अवधि र अरु दुई सिजनका लागि प्रशिक्षक बनाउने सम्झौता गरेको जनाएको छ ।
बार्सिलोनाका युवा एकेडेमीका खेलाडी हुँदै जाभी प्रशिक्षकसम्म बनेका हुन् ।
जाभीले बार्सिलोना फर्कनका लागि कतारी क्लब अल सद छाडेका छन् ।
जाभीले बर्खास्तीमा परेका रोनाल्ड कोम्यानको स्थान लिनेछन् । कोम्यानलाई बर्खास्त
गरेपछि बार्सिलोनाका पदाधिकारीहरू जाभीसँग छलफल गर्न कतारनै पुगेका थिए ।
बार्सिलोनाले जाभीलाई क्लबको मुख्य प्रशिक्षकको रुपमा सोमबार समर्थकमाझ क्याम्प नोउमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
सार्वजनिक गरे लगत्तै जाभीले प्रेस कन्फरेन्समा भाग लिनेछन् ।
बार्सिलोनाका लिजेन्ड खेलाडी जाभीले सिनियर टिमबाट ७६७ खेल खेलेका छन् ।
उनले १७ वर्ष सिनियर टिमबाट खेल्दा २५ मुख्य उपाधि जिते । युवा खेलाडीको उमेरसहित उनले २४ वर्ष बार्सिलोनामा बिताएका थिए ।
बार्सिलोना छाडेपछि उनी खेलाडीकै रुपमा अल साद पुगेका थिए । त्यसपछि उनले प्रशिक्षक बनेर काम गरे ।
जाभीको प्रशिक्षणमा अल साद लिगमा ३६ खेलसम्म अपराजित छ।
from समाचार – Online Khabar https://ift.tt/3ESZH1F
0 Comments
if you have any doubts, please let us know.