आईसीसी टी-२० विश्वकप : समूह एबाट इंग्ल्याण्ड र अष्ट्रेलिया सेमिफाइन प्रवेश

२१ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड र अष्ट्रेलिया अन्तिम चार अर्थात सेमिफाइनलमा पुगेका छन् ।

सुपर १२ अन्तर्गत समूह एकबाट यी दुई टिम समान ८/८ अंकका साथ समूह विजेता र उपविजेता हुँदै सेमिफाइनल पुगेका हुन् ।

शनिबार राति भएको समूहका अन्तिम दुई खेलको नतिजा आएसँग सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो ।

शनिबार राति भएको पहिलो खेलमा अष्ट्रेलियाले वेष्ट इन्डिजलाई हराएर ८ अंक जोडेको थियो भने दोस्रो खेलमा साउथ अफ्रिकाले शीर्ष स्थानमा रहेको इंग्ल्याण्डलाई हराएर ८ अंक नै जोडेको थियो । इंग्ल्याण्डले भने अन्तिम खेलअघि नै ८ अंक जोडेको थियो ।

यो समूहमा तीन टिमले समान ८/८ अंक जोडे पनि रनरेटका आधारमा पहिलो र दोस्रो स्थानमा रहँदै इंगल्याण्ड र अष्ट्रेलिया सेमिफाइनलमा पुगेका हुन् । तेस्रो स्थानमा रहेको साउथ अफ्रिका भने अभागी बन्दै समूह चरणबाटै बाहिरिनु पर्‍यो ।

यो समूहका बंगलादेश, श्रीलंका र वेष्ट इन्डिज भने यसअघि नै समूह चरणबाट बाहिरिसकेका थिए । चौथो स्थानमा रहेको श्रीलंकाले चार, पाँचौं स्थानमा रहेको वेष्ट इन्डिजले दुई जोडेका थिए भने बंगलादेश एक खेल नजितेर बाहिरिएको हो ।

समूह बीको भने सेमिफाइनल पुग्ने टिमको अझै टुंगो लागिसकेको छैन् । यो समूहका सबै टिमले एक/एक खेल खेल्न बाँकी छ ।



from समाचार – Online Khabar https://ift.tt/31HSLXf

Post a Comment

0 Comments