एमाले अध्यक्षमा भीम रावलले दर्ता गरे उम्मेदवारी

१३ मंसिर, चितवन । नेकपा (एमाले)को अध्यक्ष पदका लागि नेता भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । भीम रावलपछि केपी शर्मा ओलीले पनि उम्मेदवारी दिएका हुन् ।

निर्वाचन प्रकिया सुरु भएलगत्तै बज बिहान रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् ।

सोमबार राति अबेर केपी शर्मा ओलीले सर्वसम्मतका लागि आफूलाई अध्यक्ष प्रस्ताव गर्दै पदाधिकारी र केन्द्रीय कमिटी प्रस्ताव गरे पनि रावलले अस्वीकार गरेका थिए ।

महाधिवेशन उद्घाटनअघि नै अध्यक्षमा उम्मेदवार दिने घोषणा गरेका रावलले सहमतिको प्रयास भए पनि चुनावी मैदानमै उत्रिएका हुन् । रावलको प्रतिस्पर्धा केपी ओलीसँग हुनेछ ।

रावल ओलीले प्रस्ताव गरेको पदाधिकारीमा परेका थिएनन् । उनीसँगै नेता घनश्याम भूसाल र भीम आचार्यसमेत ओलीले प्रस्ताव गरेको  पदाधिकारी सूचीमा परेका छैनन् ।

भीम रावलले  अध्यक्षमा उम्मेदवारी दर्ता गराएसँगै अर्का नेता घनश्याम भूसालले उपाध्यक्ष र भीम आचार्यले सचिवमा उम्मेदवारी दर्ता गराएका छन् ।



from समाचार – Online Khabar https://ift.tt/3lCqloH

Post a Comment

0 Comments