ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु, ६ जना घाइते

२१ कात्तिक, काठमाडौं । ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मैवाखोला गाउँपालिकाकी करिब १६ वर्षीया हेमकला लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

मैवाखोला गाउँपालिकास्थित साँघुबाट बिरामी लिएर धरान जाँदै गरेको प्रदेश १–०१–००१ झ ०२२४ नम्बरको एम्बुलेन्स शनिबार राति करिब ११ बजेतिर मिल्केडाँडामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकी लिम्बुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका अन्य ६ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घट्नाको प्ररम्भिक विवरण अनुसार उकालो सडकमा पिकअप लिन नसक्दा ब्याक आउने क्रममा एम्बुलेन्स सडकबाट तल खसेको प्रहरीको अनुमान छ ।



from समाचार – Online Khabar https://ift.tt/3EPdZ3y

Post a Comment

0 Comments