अमेरिकाको टेक्सासमा संगीत महोत्सवमा भागदौड मच्चिँदा ८ जनाको मृत्यु

२० कात्तिक, काठमाडौं । अमेरिकाको टेक्सासमा संगीत महोत्सवमा भागदौड मच्चिँदा ८ जनाको मृत्यु भएको छ । घटनामा ३ सय जनाभन्दा बढी घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार टेक्सासको हस्टन शहरमा गएराति भएको संगीत महोत्सवमा केही व्यक्ति स्टेजतर्फ अगाडि बढ्न खोज्दा भागदौड मच्चिएको थियो ।

उक्त घटनामा ११ जना गम्भीर घाइते भएकाहरुलाई अस्पताल लगिएको र उनीहरुमध्ये ८ जनाको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । कार्यक्रम हेर्न करिब ५० हजार जना दर्शक उपस्थित रहेको अनुमान छ ।

हस्टनका अग्नि प्रमुख सैमुअल पेनाले भने, ‘भीड विस्तारै स्टेजतर्फ बढ्न थाल्यो, जसका कारण दर्शकहरु डराउन थाले ।’ दर्शकहरु डराएर भाग्न थाल्दा उक्त घटना भएको उनको भनाइ छ ।

भागदौडको घटनापछि उक्त संगीत महोत्सव रोकिएको थियो ।

एजेन्सीको सहयोगमा



from समाचार – Online Khabar https://ift.tt/3EUB8BL

Post a Comment

0 Comments