१२ मंसिर, काठमाडौं । केन्द्रीय कमिटीको प्रस्ताव गर्ने सर्वाधिकार आफूमा लिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेताहरुसँग छलफलमा व्यस्त छन् ।
सौराहस्थित पार्क सफारी होटलमा बसेका उनले नेताहरुसँग समूहगत र एक्काएक्लै छलफल गरिरहेका छन् । केन्द्रीय सदस्यहरुका लागि लबिइङ गर्दै ओलीलाई भेट्न प्रतिनिधिहरु पनि होटलमा पुगेका छन् । तर अहिलेसम्म पदाधिकारीमै सहमति जुटेको छैन । अध्यक्षमै उम्मेदवारी दिने भीम रावलको अडान कायमै छ ।
ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पारेखलको नाम अघि सारेका छन् । अर्का दावेदार सुवास नेम्वाङलाई उपाध्यक्षमा प्रस्ताव गरेका छन् । तर एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले वरिष्ठ उपाध्यक्षमा दाबी छाडेका छैनन् । नेम्वाङलाई जनजाति प्रतिनिधिहरुले समेत दाबी नछाड्न दबाव दिएका छन् ।
यस्तै ओलीले महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरेका छन् । अर्का दावेदार विष्णु पौडेललाई उपाध्यक्षमा बस्न आग्रह गरेका छन् । तर पौडेल सहमत भइसकेको छैन । १० बुँदे सहमति गरेर एमालेमा बसेका नेताहरुको समेत आफूलाई समर्थन गरेको भन्दै उनी पोखरेललाई महासचिव छाड्न तयार भएका छैनन् ।
वरिष्ठ उपाध्यक्ष र महासचिवमै सहमति गर्न सकस भएपछि ओलीले अध्यक्षमा उम्मेदवारी दिने अडानमा रहेका रावलसँग सम्वाद गर्न भ्याएका छैनन् । यद्यपि उनीसँग पनि छलफल गर्ने तयारी रहेको एमाले नेताहरु बताउँछन् ।
from समाचार – Online Khabar https://ift.tt/3CXrfl9
0 Comments
if you have any doubts, please let us know.