प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

१८ कात्तिक, काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा भाग लिएर प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन् ।

स्कटल्याण्डको ग्लास्गोमा आयोजित सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री देउवा आज बिहान काठमाडौं आइपुगेका हुन् । सो सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवा २० सदस्यीय टोलीसहित यही कात्तिक १२ गते बेलायत प्रस्थान गरेका थिए ।

त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले जलवायु सम्मेलन बाहेकका अरु प्रश्न नसोध्न सुरुमै आग्रह गरेका थिए ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेल, अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी, गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्कीलगायत सहभागी थिए ।



from समाचार – Online Khabar https://ift.tt/3nZylAn

Post a Comment

0 Comments