भारत महाराष्ट्रको सरकारी अस्पतालमा आगलागी, १० बिरामीको मृत्यु

२० कात्तिक, काठमाडौं । भारतको महाराष्ट्र राज्यको अहमदनगरस्थित एक सरकारी अस्पतालमा आगलागी हुँदा १० जना बिरामीको मृत्यु भएको छ ।

शनिबार अहमदनगरको सरकारी अस्पतालको आईसीयू वार्डमा आगलागी भएको हो । उक्त वार्डमा कोरोनाका गम्भीर बिरामीको उपचार भइरहेको थियो । समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै स्थानीय जिल्ला अधिकारी राजेन्द्र भोस्लेले आगलागीमा परी १० जना बिरामीको मृत्यु भएको पुष्टि गरे ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार अस्पतालमा भएको आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन । अस्पताल स्रोतका अनुसार आईसीयू वार्डमा २५ जना बिरामी भर्ना भएका थिए ।



from समाचार – Online Khabar https://ift.tt/3bPgF4N

Post a Comment

0 Comments