एमालेको विधान महाधिवेशनमा प्रभु साह नजाने

१५ असोज, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा प्रभु साह समूह नजाने भएको छ ।

८बुँदे प्रस्ताव राखेका साहले बिहीबार विहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए भने साँझ महासचिव ईश्वर पोखरेल लगायतका नेताहरुसँग कुराकानी गरेका थिए । तर सहमति नजुटकाले विधान महाधिवेशनमा आफूहरु नजाने साहले बताएका छन् ।

उनले अहिलेको एमाले नेकपाकै निरन्तरता हुनुपर्ने मत राख्दै आएका छन् । एमाले अध्यक्ष ओली लगायतका नेताहरुले पनि त्यही भनेका छन्, तर विचारमा भने त्यो देखिँदैन ।

नेकपाले मार्गदर्शक सिद्धान्त जनताको जनवाद भन्ने गरेको थियो । अहिले एमालेले जनताको बहुदलीय जनवाद (जबज)लाई नै निरन्तरता दिएको छ । साह सहितका नेताहरुले दुई पक्षबीच नयाँ समझदारी गर्नुपर्ने माग गर्दै आएका छन् । तर एमाले नेताहरुले माओवादी पक्षका रुपमा मान्न तयार नदेखिएको साह समूहका नेताहरु बताउँछन् ।

 



from समाचार – Online Khabar https://ift.tt/39U1vu3

Post a Comment

0 Comments