चन्द्रागिरिको कांग्रेसमा गिरीको प्यानल सर्वसम्मत

१८ असोज, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाको कांग्रेस सभापतिमा घनश्याम गिरी निर्वाचित भएका छन् । गिरी चन्द्रागिरि नगरपालिकाका मेयरसमेत हुन् ।
आइतबार राति अबेर सर्वसम्मत रुपमा गिरीको नेतृत्वमा प्रकाशमान सिंह पक्षको प्यानल नै चुनिएको हो ।

उपसभापतिमा इन्द्रावती श्रेष्ठ र राजेन्द्र विक्रम वानियाँ चुनिएका छन् । सचिवमा राजेन्द्र महर्जन र नविन महर्जन तथा सहसचिवमा जीवन गिरी र भुवन श्रेष्ठ चुनिएका छन् ।
कोषाध्यक्ष मञ्जय प्रकाश श्रेष्ठ बनेका छन् ।

अब कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिकामा नेतृत्व चयन हुन बाँकी छ । कीर्तिपुरमा पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको छ ।

दक्षिणकालीमा एउटा वडामा क्रियाशील सदस्यताको विवादका कारण नेतृत्व चयनको प्रक्रियामा ढिलाइ भएको छ ।

 



from समाचार – Online Khabar https://ift.tt/3mmjZJt

Post a Comment

0 Comments