एमालेको विधान महाधिवेशन : अध्यक्ष ओलीले आज जवाफ दिने

१७ असोज, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नहरुको आज जवाफ दिने भएका छन् ।

यसैगरी महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले पनि विधान संशोधन प्रस्तावबारे जवाफ दिनेछन् ।

असोज १५ गतेदेखि सुरु विधान महाधिवेशन आज सक्ने तयारी छ । ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३ सय ४७ प्रतिनिधि सहभागी रहेको नेकपा एमालेले जनाएको छ ।

नेकपा एमालेलाई अझै सशक्त बनाउनु पर्ने र केन्द्रमा पदाधिकारीहरुको संख्या बढाउनुपर्ने लगायतका सुझाव आएका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

यो पनि पढ्नुहोस एमाले विधान महाधिवेशन : माधवको खोजी तर केपी ओलीको विकल्प छैन

from समाचार – Online Khabar https://ift.tt/2YefUyJ

Post a Comment

0 Comments