कैलालीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

१९ असोज, धनगढी । कैलालीमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मोहना पुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत धनगढी उपमहानगरपालिका-१३ राजपुरस्थित ना८ख २२४२ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बसको ठक्करबाट दार्चुलाको खण्डेश्वरी घर भएका ४५ वर्षीय गणेश बर्मा सुनारको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका सुनारको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक कैलालीको भजनी नगरपालिका-१ का ३२ वर्षीय आशिष चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले अत्तरियाबाट नियन्त्रणमा लिएको छ ।



from समाचार – Online Khabar https://ift.tt/3D6A9xg

Post a Comment

0 Comments