प्रधानन्यायाधीश जबरा भन्छन् : गजेन्द्र हमाल शेरबहादुर सरहका कांग्रेस नेता हुन्, मसँग जोड्न पर्छ र !

१८ असोज, काठमाडौं । मन्त्रालय बाँडफाँटमा भाग खोजेको समाचार आएपछि सर्वोच्च बार एशोसिएसनका पदाधिकारी प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेट्न पुगे ।

सोमबार विहान भेटेका सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारीले समाचारका विषयमा चासो मात्र राखेनन्, यदि झुटो हो भने खण्डन गर्नुपर्ने बताए ।

प्रधानन्यायाधीश जबराले पनि खण्डन गर्ने बताए । त्यसक्रममा जबराले उनको सिफारिसमा मन्त्री हुने चर्चामा रहेका नामहरु समेत लिए ।

जबराले भनेका छन्, ‘अब जुन नाम आएको छ, एउटा दीपक तिमल्सिनाको आयो । अर्को गजेन्द्र हमालको नाम आयो । गजेन्द्र हमाल भनेको त शेरबहादुर सरहका कांग्रेस नेता हुन् नि । उसँग मलाई जोड्न पर्छ र ! उसलाई मैले बनाउनुपर्छ र !’

उनले अघि भने, ‘मैले बनाएर बन्ने हुन्छ र ?’

यो पनि पढ्नुहोस मन्त्री बाँडफाँटमा प्रधानन्यायाधीशलाई पनि भाग !

from समाचार – Online Khabar https://ift.tt/2Ym3CEM

Post a Comment

0 Comments