प्रधानन्यायाधीशलाई सर्वोच्च बारले भेट्दै

१८ असोज, काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले आकस्मिक रुपमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेट्ने भएको छ ।

सरकार गठनमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले पनि भागबण्डा मागेको समाचार प्रकाशित भएपछि सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरुले भेट्न लागेका हुन् ।

भेटमा प्रधानन्यायाधीश जबराले मन्त्री बनाउनका लागि मागेको कोटाको विषय लगायत अन्य समसामयिक विषयमा छलफल हुने एक पदाधिकारीले बताए ।

अहिलेको सरकार गठनमा एक/दुई जना व्यक्ति आफ्नो तर्फबाट नियुक्त हुनुपर्ने भन्दै प्रधानन्यायाधीश जबराले सत्तारुढ घटकसँग लबिइङ गरिरहेका छन् ।

 



from समाचार – Online Khabar https://ift.tt/3D3FaGS

Post a Comment

0 Comments