कांग्रेस काठमाडौं महानगरको नेतृत्व चुन्न मतदान सुरु

१७ असोज, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

राष्ट्रिय सभागृहमा आज बिहान नौ बजेदेखि सुरु मतदान दिउँसो एक बजेसम्म चल्ने छ ।

हिजो मतदाताको अन्तिम नामावली प्रकाशन गरिएपछि समय अभाव भएको भन्दै मतदान गरिएको थिएन । निर्वाचन अधिकृत नरहरि आचार्यले हिजो साँझ परेकाले मतदान आजलाई तय गरिएको बताए ।

काठमाडौं महानगरको सभापतिका लागि निलकाजी शाक्य र प्रगतिमान रञ्जितबीच प्रतिस्पर्धा छ । शाक्य प्रकाशमान सिंह र गगन थापा समूहको साझा उम्मेदवार हुन् । शेरबहादुर देउवा र भिमसेनदास प्रधान समूहबाट रञ्जित उम्मेदवार बनेका छन् ।

उपसभापति पदका लागि सन्तकुमार महर्जन, सुशीला ढकाल, सुबिरनाथ खनाल र भरत तण्डुकारको उम्मेदवारी परेको छ ।



from समाचार – Online Khabar https://ift.tt/2WEvRhc

Post a Comment

0 Comments