देउवालाई र पौडेललाई प्रकाशमानको प्रश्न– गणेशमानको परिवारले सधैं त्यागमात्र गर्नुपर्ने ?

२० असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्टहरूको मनोबल बढ्नुमा कांग्रेस सभापति शेरबहादुर देउवा जिम्मेवार रहेको बताएका छन् ।

१३ औं महाधिवेशनपछि कमजोर व्यक्तिको हातमा नेतृत्व गएकाले कम्युनिस्टको मनोबल बढेको सिंहले बताए । १३ औं महाधिवेशनबाट शेरबहादुर देउवा कांग्रेसको सभापति चुनिएका थिए ।

काठमाडौं महानगरमा निर्वाचित पदाधिकारीहरूको शुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै सिंहले कांग्रेस कमजोर भएकै कारण कम्युनिस्टहरूको मनोबल बढेको बताएका हुन् । उनले भने, ‘१३ औं महाधिवेशनपछि कांग्रेसले कमजोर नेतृत्व पायो । परिणामस्वरूप कम्युनिस्टको मनोबल बढ्दै गएको छ । १४ औं महाधिवेशनबाट डायनामिक सभापति रोज्नुको विकल्प छैन ।’

पार्टीमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि आफू नै वरिष्ठ रहेको बताउँदै उनले यसपटक कुनै हालतमा पछि नहट्ने उल्लेख गरे । यसबारे देउवा र पौडेललाई जानकारी गराइसकेको बताउँदै सिंहले भने, ‘म सभापति बन्न नहुने कारण उहाँहरुले देखाइदिनुप¥यो । गणेशमानको परिवारले सधैं त्यागमात्र गर्नुपर्ने ?’

 



from समाचार – Online Khabar https://ift.tt/3lfy3oN

Post a Comment

0 Comments