‘कर छुटले स्टिलमा किलोको ४ रुपैयाँसम्म मूल्य घट्छ’

१७ असोज, काठमाडौं । चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको प्रतिस्थापन विधेयक (बजेट) ले लिएको कर नीतिका कारण स्टिल उद्योगीहरु विभाजित छन् । सरकारले स्पन्ज आइरन (फलामको कच्चा पदार्थ) मा लगाउँदै आएको भन्सारदर पूर्ण रुपमा हटाएर आयात हुने बिलेटमा अन्तशुल्क बढाएपछि स्टिल उद्योगीहरु सरकारी नीतिको पक्ष र विक्षमा उभिएका हुन् । एक पक्षले सरकाको नीतिका कारण २४ वटा उद्योगहरु समस्यामा परेको गुनासो गर्दै आएको छ । यो नीतिले फलामे छडकोम मूल्य बढ्ने र जनतालाई समस्यामा पर्ने दावी गरिरहेका छन् ।

खासगरी विशदेबाट बिलेट आयात गरेर छडसहित स्टिल उत्पादन गर्नेहरु असन्तुष्ट बनेका छन् भने स्पन्ज आइरन नेपालमै ल्याएर बिलेट उत्पादन गर्ने उद्योगहरु सरकारी नीतिको स्वागत गरिरहेका छन् ।स्पन्ज आइरन भनेको फलामको कच्चा पदार्थ हो । यो कच्चा पदार्थबाट बिलेट उत्पादन हुन्छ । अनि त्यो विलेटबाट फलामे रड उत्पादन हुने हो । सिधै विलेट आयात गर्नेहरुले कर नीतिको विरोध गरिरहेका छन् भने स्पन्ज आइरन आयात गर्नेहरुले अहिले बजेटको स्वागत गरिरहेका छन् ।

नेपाल स्टिल विलेट उत्पादन संघका अध्यक्ष ई. विष्णुप्रसाद न्यौपाने अहिले केही उद्योगीहरुले गलत प्रचार गर्न खोजेको बताउँछन् । यस वर्षको सरकारको कर नीतिले समग्रमा सबैलार्य फाइदा गर्ने उनको भनाइ छ । हाल नेपालमा ९ वटा स्टिल विलेट उत्पादन गर्ने उद्योगहरु रहेको र ३ वटा उद्योगहरु स्थापना हुने क्रममा रहेको भन्दै उनले भने, स्पञ्ज आइरनबाट स्टिल बिलेट उत्पादन गर्न हाल सञ्चालित रोलिङ मिललार्य समेत यस व्यवस्थाबाट नेपालमै विलेट उत्पादन गर्न प्रेरित गर्ने उनले बताए ।

पशुपति आइरन एण्ड स्टिल, स्वस्तिक स्टिल, जगदम्बा स्टिल सर्वोत्तम स्टिल, लक्ष्मी स्टिल स्टिल्स, नारायणी स्टिल्स, अम्बे स्टिल्स, हाइटेक स्टिल्स र अशोक स्टिल्स गरी ९ वटा १४ लाख ८६ हजार मेट्रिक टन क्षतमाका उद्योगहरु सञ्चालनमा छन् । यसबाहेक गोदाबरी स्टिल्स , श्री स्टिल्स, जय अम्बे स्टिल्स र हुलास स्टिल्सले बिलेट बनाउने मेसिन अर्डर गरेर उत्पादन शुरु गर्ने तयारीमा छन् ।

फलामे छड उत्पादकहरुले कर नीतिका कारण २४ उद्योग समस्यामा पर्ने र रोजगारी समेत घट्ने दावी गरेका छन् । तर अध्यक्ष न्यौपाने यो सबै गलत तर्क भएको बताउँछन् । के-कति असर पर्छ भन्ने कुरा तथ्यांकगत रुपमा पुष्टि नहुने समेत उनले बताए ।

‘स्पन्ज आयरनबाट स्टिल बिलेट बनोउने प्रक्रिया तथा स्टिल बिलेटबाट डण्डी बनाउने प्रक्रिया फरक रहेकाले हाल बिलेट आयात गरी डण्डी बनाउनेले बिलेट आफ्नै उत्पादन गर्न चाहेमा ६ देखि ९ महिनाभित्र उत्पादन गर्नसक्ने तथा थप रोजगारी समेत सिर्जना हुन्छ’ अध्यक्ष न्यौपाने भन्छन, ‘नेपाल भित्र नै बिलेट उत्पादन भएमा थप ५ सय मेगावाटसम्म विद्युत खपत हुन्छ, जसले आयात प्रतिस्थापन भई वाषिर्क ४० अर्बको वैदेशिक मुद्राको बचत हुन्छ ।’

स्टिल बिलेट उत्पादकहरुले केही वर्ष पहिलेदेखि नै सहुलियतका लागि सरकारसँग आग्रह गर्दै आएका थिए । स्पन्ज आयरन र स्टिल बिलेटको भन्सार दरमा कम्तिमा १० प्रतिशत फरक हुनुपर्ने उद्योगीहरुको माग थियो । अहिले ८ प्रतिशत फरक बनाइएको र यसले अझै नपुगेको न्यौपानेको भनाइ छ । बजेटले गरेका व्यवस्थाहरु सकारात्मक रहेको भन्दै आगामी दिनमा पञ्ज आयरन र स्टिल बिलेटको भंसार दरमा कम्तिमा १० प्रतिशत फरक हुनुपर्ने भन्दै अर्थमन्त्रालयलाई संघले पत्राचार समेत गरेको छ ।

‘विगतमा तयारी स्टिल बिलेट र कच्चा पदार्थ स्पन्ज आइरन दुबैमा ४.७५ प्रतिशत भन्सार दर रहदा नेपालमा सञ्चालित स्टिल बिलेट उत्पादन गर्ने उद्योगहरु बन्द हुने स्थितिमा थिए र हालको भन्सार दर ४.७५ प्रतिशत को भिन्नताले बिलेट उत्पादन गर्ने उद्योगहरुलाई बाँच्न सक्ने आधार दिएको न्यौपाने बताउँछन् । भन्सार दरका विषयमा अन्तर्राष्ट्रिय अभ्यासहरु पनि हेर्नुपर्ने उनले बताए ।

बंगलादेशले स्टिल बिलेट आयातमा २० प्रतिशत र स्पन्ज आइरन आयातमा भन्सार महशुल शून्य प्रतिशत तोकेको थियो । यसले ५ वर्षमा बंगलादेश स्टिल उत्पादनमा आत्मनिर्भर बनेको उनले बताए । पाकिस्तानमा समेत यस्तो भिन्नता १० प्रतिशत रहेको छ । छिमेकी मुलुक भारत भने आफैं बिलेट र स्पन्ज आइरन निर्यात गर्ने मुलुक हो ।

नेपाल फलामे छड उत्पादन संघका अध्यक्षले समेत बजेटको स्वागत गरेको छ । संघका अध्यक्ष साहील अग्रवाल र उपाध्इक्ष शोभकर न्यौपानेले प्रस विज्ञप्ति नै जारी गरेर स्पन्ज आइरनमा भएको भन्सार छुट तथा स्थानीय फलामे उत्पादनमा अन्त शुल्क नलाग्ने व्यवस्थाको स्वागत गरेको छ । यसले नेपालमा उत्पादित फलामे छडको लागत प्रतिकेजी ४ रुपैयाँ घट्ने समेत दावी गरिएको छ ।विवादमा मूख्य कुरा

सरकारको कर नीतिका कारण अहिले उद्योगीहरु २ धारमा विभाजन हुनुका पछाडि ५ वटा मूख्य कारणहरु छन् । सरकारको कर नीतिका कारण २४ वटा उद्योगलाई बन्द गर्ने र ६ वटा उद्योगलाई मात्रै पोस्ने देखिएको फलामे छड उत्पादकहरुहरुको दावी छ । उनीहरुले यसबाट बेरोजगारी बढ्ने, विद्युत् खपत घट्ने र बैंकको लगानी समेत डुब्ने स्थिति आएको दावी गरेका छन् ।

तर यसको खण्डन गर्दै बिलेट उत्पादक संघका अध्यक्ष न्यौपाने यो गलत दावी भएको बताउँछन् । ‘हाल नेपालमा २४ वटा डण्डी उत्पादन गर्ने उद्योगहरु रहेका र यसमध्ये ९ वटा उद्योगले बिलेट समेत आफै उत्पादन गर्नै आएका छन्’ उनी भन्छन्, ‘स्टिल बिलेट उत्पादन गरेपछि मात्र डण्डी उत्पादन प्रक्रिया शुरु हुने भएकाले हाल बिलेटमा समेत उत्पादन गर्न चाहेमा थप जनशक्ति, विद्युत र बैंक लगानी बढ्नेछ ।’

अर्को भनेको मूल्य वृद्धिको कुरा हो । फलामे छड उत्पादकहरुले मूल्य वृद्धि हुन्छ भने पनि बाहिर आए जस्तो मूल्य वृद्धि नहुने बोरु सरकारको बजेटमा स्पन्ज आइरनमा दिएको भन्सार तथा अन्तशुल्कको छुटबाट प्रति केजी ४ रुपैयाँ घट्न जाने उनी बताउँछन् । यसबाट कुल मूल्यवृद्धि ४ रुपैयाँ प्रतिकेजीले घट्न जाने उनको दावी छ ।

नेपालका बिलेट उत्पादकले माग अनुसार डण्डी वा बिलेट आपूर्ति गर्न नसक्ने भई मोनोपोली हुन सक्ने छड उत्पादकहरुको आरोप पनि केवल आलोपमात्रै भएको न्यौपानले बताए । बिलेट उत्पादनको जडित क्षमता १४.८६ लाख मेटि्रक टन रहेको र डण्डी उत्पादन १४ लाख मेटि्रक टन रहेको छ । अध्यक्ष न्यौपाने भन्छन्, ‘नेपालमा ६६ वटा सिमेन्ट उद्योग रहेका र सो मध्ये १६ वटाले मात्रै क्लिंकर समेत उत्पादन गरी अन्य ५० वटा सिमेन्टमात्रै उत्पादन गर्ने उद्योगहरुलाई दिए जस्तै ९ वटा बिलेट उत्पादन गर्ने उद्योगले डण्डीमात्रै उत्पादन गर्ने उद्योगलाई माग अनुसार आपुर्ति गर्न सक्छन् ।’

नेपालमा बिलेट उत्पादकले प्रयोग गरेको ‘इन्डिक्सन मेटल’ प्रविधिले ६००डी भन्ने डण्डीको लागि बिलेट उत्पादन गर्न सक्दैनन् भन्ने छड उत्पादकहरुको भनाइमा न्यौपाने भन्छन्, ‘राइस कुकरमा मोटो चामलको भात पाक्छ मसिनो चामलको भात पाक्दैन भन्नु जस्तै हो ।’

हाल कोइलाको साटो प्राकृतिक ग्यासबाट भारतमा ‘जिन्दल रिलायवल’ लगायतले बनाउने स्पन्ज आइरनबाट बन्ने बिलेटबाट ५००डी को लागि बिलेट उत्पादन भइरहेको उनले बताए । उनका अनुसार हाल नेपालमा ९२ प्रतिशत ५०० र  ५००डी स्टाण्डर्डको डण्डी बिक्री भइरहेको छ ।

भिडियो र तस्वीर : शंकर गिरी/अनलाइनखबर



from समाचार – Online Khabar https://ift.tt/3FbJzte

Post a Comment

0 Comments