४ असोज, झापा । प्रहरीले ९ ग्राम ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचिनगर नगरपालिका-४ का १८ वर्षीय दिलबहादुर मगर रहेका छन् ।
विश्ष सूचनाका आधारमा आइतबार साँझ ६:१० बजे प्रहरी चौकी बाहुनडाँगी र बि.ओ.पी बाहुनडाँगीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले ९ ग्राम (प्लस्टिक बाहेक) फेला पारी बरामद गरेको छ ।
साथै पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको र झापा जिल्ला अदालतबाट म्याद थप अनुमति लिइ थप कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।
from समाचार – Online Khabar https://ift.tt/3lDce1j
0 Comments
if you have any doubts, please let us know.