बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन रोक्न मन्त्रालयको आग्रह

२७ भदौ, काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले अनुरोध गरेको छ ।

आन्दोलनरत पक्षले उठाएका धेरै मागहरूको सम्बोधन भैसकेको र केही मागहरू अध्ययनकै क्रममा रहेकोले आन्दोलन नगर्न मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी अहिले पनि आन्दोलित पक्षले इमर्जेन्सी, कोभिड र पूर्वनिर्धारित परीक्षाबाहेकका सेवा अवरुद्ध गरिरहेको भन्दै त्यसो नगर्न अनुरोध गरेका हुन् ।

प्रवक्ता पौडेलले पदाधिकारीको कारबाही र उच्चस्तरीय छानबिन आयोग प्रतिष्ठानको सिनेटबाट कार्यान्वयन गरिने प्रष्ट्याएका छन् ।

यस्तै, चिकित्सा शिक्षा आयोग र मेडिकल काउनुसिलको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्ने र बाँकी सहमति करिब कार्यान्वयन भैसकेको विज्ञप्तिमा उल्लेख छ ।



from समाचार – Online Khabar https://ift.tt/3C3WiMm

Post a Comment

0 Comments