अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट चारजना पक्राउ

२४ भदौ, काठमाडौ। प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट चारजनालाई पक्राउ गरेको छ ।

२२ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित बर्दियाबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बर्दिया, बारबर्दिया नगरपालिका-९ ठेगाना भएका ३२ वर्षीय राजकुमार धिताल र बढैयाताल गाउँपालिका-७ ठेगाना भएका २५ वर्षीय रमेश थारु रहेका छन् । उनीहरुलाई काठमाडौ महानगरपालिका-१६ स्थित होटलबाट सोमबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट १७ ग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित धादिङ सिद्धलेक गाउँपालिका-२का २६ वर्षीय ईश्‍वर ईटनीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

साथै लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा झापा बिर्तामोड नगरपालिका-९ ठेगाना भएका ३३ वर्षीय रन्जित राजवंशीलाई समेत झापाबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गरिरहेको लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरले जनाएको छ ।



from समाचार – Online Khabar https://ift.tt/3E14yOP

Post a Comment

0 Comments