सामूहिक प्रयासले शान्ति स्थापना कार्य सफल हुन्छ : सशस्त्र प्रहरी प्रमुख खनाल

२६ भदौ, काठमाडौं । सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनालले शान्ति स्थापनार्थ खटिने सुरक्षाकर्मीलाई समयानुकूल पूर्वतयारीका तालिम दिनुपर्नेमा जोड दिएका छन् । सुरक्षाको लागि एम्बुस तथा माइनहरुबाट सुरक्षित रहन पर्याप्त मात्रामा सचेतना र क्षमता अभिवृद्धि गर्नुपर्नेमा सशस्त्र प्रहरीका महानिरीक्षक खनालले जोड दिएका हुन् ।

सामूहिक प्रयास र भावनाले मात्र शान्ति स्थापनाको कार्यलाई मजबुत र सफल बनाउन सकिने बताउँदै खनालले शान्ति स्थापना कार्यमा जानु अघि मिसन लक्षित तालिम सञ्चालन गर्नुपर्ने बताए । संयुक्त राष्ट्र संघको अनुरोधमा चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले आयोजनामा गरेको शान्ति स्थापना सम्बन्धि अन्तर्राष्ट्रिय कार्यशाला ‘सेफ्टी एण्ड सेक्यूरिटी अफ यूएन पिसकिपर्स’ मा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् ।

उनले स्रोत साधन सम्पन्न सिमनमा परिचालित हुँदा आफू सुरक्षित रही प्राप्त् जिम्मेवारी प्रभावकारी ढंगले पूरा गर्न सकिने बताए । महानिरीक्षक खनालले बदलिँदो सुरक्षा परिस्थिति र चुनौतीलाई मध्यनजर गर्दै मिसन लक्षित पूर्वतयारीले यसमा खटिने कर्मचारीको सुरक्षामा सहयोग पुग्ने बताए ।

कुशल नेतृत्व¸ सामूहिक भावना र सहकार्य¸ अनुशासन¸ इमानदारी¸ सही योजना¸ समन्वय तथा कमाण्डरको क्षमता नै शान्ति स्थापनार्थ खटिएका कर्मचारीको सुरक्षाको लागि महत्वपूर्ण हुने कुरामा जोड दिनुहुँदै उनले संयुक्त राष्ट्र संघ र यसका सदस्य राष्ट्रहरुको तर्फबाट गरिएका कार्यलाई सार्थक बनाउनको लागि यस प्रकारका सम्मेलन महत्वपूर्ण हुने समेत बताए ।



from समाचार – Online Khabar https://ift.tt/3z3f7gP

Post a Comment

0 Comments