एमाले स्थायी कमिटी बैठक बस्दै

३ असोज, काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा दिउँसो १ बजे स्थायी कमिटी बैठक बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

बैठकमा १५-१७ असोजमा हुने विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा विधान संशोधन प्रस्तावबारे छलफल हुनेछ । स्थायी कमिटी बैठक भोलि पनि बस्ने तय भएको छ ।

आजको स्थायी कमिटी बैठक अगाडि संविधान दिवसबारे कार्यक्रम हुने तामाङले बताए । कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।



from समाचार – Online Khabar https://ift.tt/3u5mnId

Post a Comment

0 Comments