२ किलो १०० ग्राम अफिमसहित मकवानपुरबाट एकजना पक्राउ

८ असोज, मकवानपुर । प्रहरीले २ किलो १०० ग्राम लागु औषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाश गाउँपालिका-२ भैसेका २१ वर्षीय राजन मुक्तान रहेका छन् । आज बिहान ९ बजेको समयमा प्रहरी चौकी भैंसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले २ किलो १०० ग्राम लागुऔषध अफिम बरामद गरेको छ । पक्राउ परेका उनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



from समाचार – Online Khabar https://ift.tt/3kCwRM0

Post a Comment

0 Comments