५ केजी चाँदीसहित सिरहाबाट दुईजना पक्राउ

३१ भदौ, सिरहा। प्रहरीले अवैध रुपमा भन्सार छली भारततर्फ लैजाँदै गरेको ५ केजी चाँदीसहित दुईजलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत घर भएका ३५ वर्षीय रबी महतो र ४० वर्षीय पिन्टु महतो रहेका छन् ।

ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई भगवानपुर गाउँपालिका-४ ठाडीबाट बुधबार साँझ पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 



from समाचार – Online Khabar https://ift.tt/3zdH9Gs

Post a Comment

0 Comments